बकैयामा नेकपा माओवादीको युवा, महिला र तामाङ कमिटी गठन

तु खबर संवाददाता
२०७८ बैशाख १४, मंगलवार १५:०४

मकवानपुर । नेकपा (माओवादी केन्द्र) बकैयाले गाउँपालिका स्तरीय युवा, महिला र तामाङ कमिटी गठन गरेको छ ।

नेकपा माओवादी केन्द्र मकवानपुरको आयोजनामा बकैया गाउँपालिका वडा नम्बर ६ स्थित गौतमबुद्ध पर्यटक पार्कमा भएको भेलालले गाउँपालिका स्तरीय कमिटी गठन गरेको हो ।

भेलाले सुरेश लामा लोको अध्यक्षतामा ४५ सदस्यीय वाईसीएल बकैया गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा जनक गोले, सचिवमा संजिव दोङ, सहसचिवमा विकल्प केसी र कोषाध्यक्षमा सुनिता गोले चयन भएका छन् ।

त्यस्तै, भेलाले लक्ष्मी सिलवालको अध्यक्षतामा २९ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बकैया गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा अमृता पाख्रिन, सचिवमा कविता लामिछाने, सहसचिवमा ललिता माझी र कोषाध्यक्षमा मनकुमारी विक चयन भएका छन् ।

त्यसैगरी विश्वराज स्याङ्तानको अध्यक्षतामा १९ सदस्यीय तामाङ राष्ट्रिय मुक्ती मोर्चा बकैया गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा एक्काबहादुर थोकर, सचिवमा विष्णुलाल वाईबा र कोषाध्यक्षमा चन्द्रबहादुर स्याङ्तान चयन भएका छन् ।

कार्यक्रम वाईसीएलका केन्द्रीय महासचिव सुवोध सिपालीको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) को विशेष आतिथ्यमा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा एमाले, नेपाली काँग्रेस, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी दुई सय ४१ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनले जानकारी दिए ।

वाईसीएल बकैया गाउँपालिकाका संयोजक सुरेश लामा लोको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सदस्य सर्केश घलान, नेता विरबहादुर घलान, वाईसीएलका केन्द्रीय सचिव दिवश पाण्डे, माओवादी केन्द्र मकवानपुरकी सचिवालय सदस्यहरु लक्ष्मी पाख्रिन, लक्ष्मी माझी (कृपा) , सचिवालय सदस्य एवम् वाईसीएलका जिल्ला ईन्चार्ज सुमन पाख्रिन, अध्यक्ष राजकुमार मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*