वाइसियल हेटौंडाको प्रथम बैठक तथा प्रमाणपत्र वितरण
मकवानपुर । नेकपा माओबादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल हेटौंडा उपमहानगर कमिटिको प्रथम बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । आज विहिबार पार्टी कार्यालयमा बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम भएको हो ।
वाइसियल नेपाल नगर कमिटीका अध्यक्ष मदन उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतित्थ्यता रहेको थियो ।
पहिलो बैठकले हरेक वडाहरुमा सम्मेलनलाई निरन्तरता दिइने निर्णय गरेको छ ।
त्यस्तै पहिलो प्राथमिकतामा संगठन सृदृढिकरणको कामलाई ध्यान दिइने उप्रेतीले बताए ।