माओवादी केन्द्रद्वारा केही पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर

तु खबर संवाददाता
२०८० भाद्र १,शुक्रबार १६:३३

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय केही पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

जसअनुसार गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी संघको समेत संयोजन सचिव दिनानाथ शर्माले गर्नेगरी फ्रायाक्सन इञ्चार्जमा केन्द्रीय सदस्य कृष्णध्वोज खड्कालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनको सह–इञ्चार्जमा केन्द्रीय सदस्य शिवराम यादव, स्थायी समिति सदस्य अमृता थापालाई गण्डकी प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गरिएको छ ।

यस्तै केन्द्रीय सदस्य तारा घर्ती मगर र केन्द्रीय सदस्य अञ्जु दहितलाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा, केन्द्रीय सदस्य शिव बहादुर बस्नेतलाई सम्पर्क समन्वय प्रदेशबाट कोशी (प्रदेश नं १) मा, केन्द्रीय सदस्य करुणा बस्नेतलाई कोशीबाट सम्पर्क समन्वय प्रदेशमा, वैकल्पिक केन्द्रीय सदस्य पदम राज जोशीलाई सुदुरपश्चिम प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा र वैकल्पिक केन्द्रीय सदस्य पुष्प न्यौपानेलाई सुदुरपश्चिम प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गरिएको पार्टी कार्यालय स्रोतले जनाएको छ ।

माओवादीले यससम्बन्धी जानकारी गराउँदै मातहतका कमिटीलाई सर्कुलर समेत पठाइसकेको जनाइएको छ ।