देउवासँग भेट्न बुढानीलकण्ठ पुगे ओली
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन् ।
राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाएलगत्तै ओली एमालेका नेताहरु साथमा लिएर बुढानिलकण्ठ पुगेका
हुन् ।
देउवा र ओलीबीचको भेटवार्तामा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’र अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।
यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी छन् । २७ बैशाखमा विश्वासको मत दिने तयारीमा रहेका ओलीले काँग्रेस नेतासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
