मकवानपुरमा थप १४७ जनामा कोरोना पुष्टि, कहाँ कति ?
मकवानपुर । मकवानपुरमा थप १४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६३ जना महिला र ८४ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिए ।
वडागत रुपमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ का ६ जना, वडा नम्वर २ को ३ जना, वडा नम्वर ३ को ५ जना, वडा नम्वर ४ र ५ को २९/२९ जन, वडा नम्वर ६ र ७ को १/१ जना, वडा नम्वर ८ को ४ जना, वडा नम्वर ९ को १३ जना, वडा नम्वर १० को १२ जना, वडा नम्वर ११ को ९ जना, वडा नम्वर १२,१४ र १८ को २/२ जना, वडा नम्वर १५ र १९ को ३ जना, हेटौँडाकै वडा खुल्न नसकेको ८ जना रहेका छन् ।
त्यसैगरी मकवानपुरगढी गाउँपालिकाको ४ जना, भीमफेदी गाउँपालिकाको ५ जना तथा थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाको १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
बाहिरी जिल्लाको ३ जनामा पनि कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोना संक्रमणदर ७८ प्रतिशत रहेको छ ।
