बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन शिलन्यास
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शिलन्यास गरिएको छ । शनिबार एक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले उक्त भवनको शिलन्यास गरेका हुन् ।
उक्त भवन बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गर्न लागिएको हो ।
३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ३२ करोड अमुमानित लागतमा भवन निर्माण गर्न लागिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म उपत्यका बाहेक अन्तर्गत ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भईसकेका, १२ वटा प्रहरी ईकाई निर्माणाधिन र चालु आ.व.मा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भईसकेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राज कुमार सिलवालले बताए ।
उनका अनुसार, हालसम्म ६७ वटा प्रहरी ईकाईहरु निर्माणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशबाट सहयोग प्राप्त भई सकेको छ ।
