हेटौँडाकी गुरुङको बञ्चरो प्रहार गरी हत्या, नाति पक्राउ

तु खबर संवाददाता
२०७८ बैशाख २५, शनिबार ०७:५२

मकवानपुर । मकवानपुरको हेटौंडामा बञ्चरो प्रहार गरी आफ्नै नातिले हजुरआमाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ हटियास्थित दियाली दमारमा आफ्नै नातिले बञ्चरो प्रहार गरी हजुरआमाको हत्या गरेको जनाएको छ ।

नातिको बन्चरो प्रहारबाट घाइते भएकी गुरुङको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

मृत्यु हुनेमा ९० बर्षीया कान्छीमाया गुरूङ रहेकी प्रहरीले जनाएको छ ।
मृतक गुरुङको नाति २२ वर्षका आकाश गुरुङले घर बाहिर आँगनमा बसिरहेकी हजुरआमाको टाउकोमा बञ्चरो प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते भएकी गुरूङलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइपु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता रिमालले बताए ।

बञ्चरो प्रहार गर्ने नाति आकाशलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

घटना किन र के कारणले भयो भन्नेबारे खुल्न नसकेको प्रवक्ता रिमालले बताए ।
मृतक गुरुङका शवलाई हेटौंडा अस्पतालको शव गृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*