राजनीति/ समाज

चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाउने प्रशासनको निर्णय

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाका विरामी बढ्दै गएपछि कोभिड अस्पतालको रुपमा निजी अस्पताललाई प्रयोग गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटौँडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित चुरेहिल अस्पतालमा आइसियु सेवासहितको २५ बेडको कोरोना विशेष अस्पताल संचालन गर्ने...

हेटौँडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

मकवानपुर । हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए । उनका अनुसार, गत बैशाख १५ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारको क्रममा आज बिहान...

हेटौँडासहित तीन जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न प्यान्ट जडान गरिँदै

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको तीन जिल्ला अस्पतालमा ठूलो परिणाममा अक्सिजन उत्पादन गर्न सकिने प्यान्ट जडान गरिँदैछ । प्रदेशको मकवानपुरको हेटौँडा, भक्तपुर र धादिङको जिल्ला अस्पतालमा ठूलो परिणाममा अक्सिजन उत्पादन गर्न सकिने प्यान्ट जडान गर्न प्रकृया सुरु गरिएको बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

अक्सिजन सिलिण्डर फिर्ता गर्न मकवानपुर प्रशासनको निर्देशन

मकवानपुर । मकवानपुरमा अक्सिजनको अभाव हुन नदिन उद्योग तथा विकास निर्माण कम्पनीहरुलाई तीन दिन भित्र अक्सिजन सिलिण्डर सप्लायर्ससमक्ष बुझाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मंगलबार सूचना जारी गर्दै उक्त निर्देशन दिएका हुन् । गृह मन्त्रालयको निर्देशन अनुसार, अन्य विकास निर्माण तथा उद्योग व्यवसायमा अक्सिजन आपूर्ति...

२४ घण्टामा मकवानपुरमा थपिए ६५ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मकवानपुर स्थायी घर भएका ६३ जनासहित रौतहटको १ र बाराको १ जनामा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौँलागाईले जानकारी दिएका छन् । कूल ११० जनाको कारोना परीक्षण गर्दा ६५ जनामा कोरोना...

हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

मकवानपुर । हेटौँडा अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका अम्लेखगञ्ज निवासी बर्ष ५९ को पुरुषको उपचारको क्रममा मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड–१९ इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । उनका अनुसार संक्रमित पुरुषको दिउँसो १२ः५० बजे अस्पतालको कोभिड एचडियु...

वडा कार्यालयद्वारा सहकारीलाई कम्प्युटर हस्तान्तरण

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६ कार्यालयले एक सहकारी संस्थालाई कम्प्युटर हस्तान्तरण गरेको छ । कार्यालयले वडाभित्र रहेका नारीचेतना बचत तथा ऋण सहकारी संस्थालाई एक थान कम्प्युटर हस्तान्तरण गरेको हो । वडा अध्यक्ष चौलागाई मंलबार बिहान एक कार्यक्रमबी सहकारी संस्थाकी अध्यक्ष सम्झना खरेललाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन्...

मनहरीको एम.जी मिनि मार्टलाई १० हजार जरीवाना

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित एम.जी मिनि मार्टलाई नगद १० हजार रुपैयाँ जरीवना गरिएको छ । म्याद गुज्रिएका प्याकिङ् खाद्य पदार्थ बिक्रि भइरहेको र खाद्यान्न सामग्रीको खरिद बिल नभएको कारण उक्त मार्टलाई नगद जरीवाना गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले...

थाहानगरपालिकामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

मकवाननपुर । मकवानपुरको थाहानगरपालिकाले पालिकाभित्र कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलबध गराउने भएको छ । पालिकाले कोभिड–१९ संक्रमितहरुको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ताबापत क्रमशः ५० र २५ प्रतिशत उपलब्ध गराउने भएको थाहानगरपालिकाले जनाएको छ । पालिकामा कोरोनाभाइस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अभियानलाई सहज तुल्याउन...

दुई दिनमै भरियो हेटौँडा अस्पतालको कोभिड वार्ड

मकवानपुर । हेटौँडामा कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको कोभिड वार्ड दुई दिनमै भरिएको छ ।  संक्रमित बिरामीको संख्या अप्रत्याशित बढेसँगै हेटौँडा अस्पतालमा सञ्चालनमा ल्याइएको भेन्टिलेटरसहित ६ शय्याको आईसीयू र २४ शय्याको एचडीयू रहेको वार्ड भरिएको हो । अस्पतालका कोभिड फोकल पर्सन डा.सागर काफ्लेका अनुसार जिल्लाबाहिरका समेत बिरामीहरू हेटौँडा आइरहेका छन् ।...