राजनीति/ समाज
मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक खत्री मृत अवस्थामा फेला
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक केशवबहादुर खत्री मृत अवस्थामा फेला परेका छन् । दोलखा घर भई हाल मकवानपुरमा प्रहरी निरीक्षकको रुपमा कार्यरत ४७ वर्षीय खत्री आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिए । प्रवक्ता...
हेटौँडाकी गुरुङको बञ्चरो प्रहार गरी हत्या, नाति पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडामा बञ्चरो प्रहार गरी आफ्नै नातिले हजुरआमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ हटियास्थित दियाली दमारमा आफ्नै नातिले बञ्चरो प्रहार गरी हजुरआमाको हत्या गरेको जनाएको छ । नातिको बन्चरो प्रहारबाट घाइते भएकी गुरुङको उपचारका क्रममा हेटौंडा अस्पतालमा...
हेटौँडाका २ जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । हेटौँडा अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित विरामीको शुक्रबार मृत्यु भएको छ । अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ की ३७ बर्षीया महिला र वडा नम्वर ७ का ४० बर्षका पुरुषको मृत्यु भएको अस्पतालका कोभिड वार्ड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए । मृतक महिलाको...
मकवानपुरमा थपिए ११४ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा १ सय १४ जना कोरोनाका संक्रमित थपिएका छन् । कूल १७४ जनाको स्वाब परीक्षण गर्दा ५३ जना महिला र ६१ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिएका छन् । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका वडा नम्वर ४ का...
हेटौँडा जेसीजद्वारा स्वास्थ्यकर्मीलाई पानी र जुस सहयोग
मकवानपुर । हेटौँडा जेसीज कोरोना महामारी नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि एक सय काटुन पानी र १० काटुन जुस उपलब्ध गराएको छ । हेटौँडा जेसीजका अध्यक्ष लिसेन बस्नेतसहितको टिमले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका रजिष्ट्रार राजेश प्रसाईलाई उक्त पानी र जुस सहयोग हस्तान्तरण गरेको...
राष्ट्रियसभा सदस्य पदमा थापा, देवकोटा र तामाङको उम्मेदवारी
मकवानपुर । नेकपा एमालेको केन्द्रीय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले बागमती प्रदेशमा राष्ट्रियसभाको रिक्त रहेको सदस्य पदको लागि प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेको प्रदेश निर्वाचन...
राष्ट्रिय सभा सदस्य पदमा नेमकिपाको तर्फबाट तामाङ्ले गराए मनोनयन दर्ता
मकवानपुर । राष्ट्रिय सभा सदस्य (रिक्त) पदको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट कृष्णबहादुर तामाङ्ले पनि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा क्रमश बागमती प्रदेशसभा सदस्यहरु सुरेन्द्रराज गोसाईँ र समर्थकमा सृजना शैँजु रहेको निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाले जनाएको छ । यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले पनि...
राष्ट्रिय सभाको उपनिर्वाचनमा डा. देवकोटाले मागे कलम चुनाव चिन्ह
मकवानपुर । राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले चुनाव चिन्ह कलम माग गरेका छन् । डा. देवकोटाले आफु स्वतन्त्र उम्मेदवार भएको दावी गर्दै निर्वाचन आयोगसँग कलम चुनाव चिह्न माग गरको हुन् । उनी अहिले माओवादी संसदीय दलका नेता शालिकराम जमकटेल र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर...
हेटौँडा दुर्घटना अपडेटः १८ जना घाइते, ट्रक चालकको अवस्था गम्भीर
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानीमा आज ट्रक र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा १८ घाइते भएका छन् । बिहान काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ९१४० नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको ना ५ ख ४१४६ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा १८...
बागमतीमा एकैदिन १७ जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा बिहिबार एकैदिन १७ जना कारोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयकाले तथ्याङ्क अनुसार, प्रदेशको विभिन्नमा गरी बिहिबार १७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा काठमाडौंका ३ जना महिला र ५ जना पुरुष गरी कुल ८ जना, ललितपुरका ४ जना, भक्तपुर, चितवन,...










