हेटौँडा अस्पतालमा अक्सिजन अभाव, आजदेखि उपचार सेवा प्रभावित

तु खबर संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १४:५२

मकवानपुर । हेटौँडा अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि अक्सिजन अभाव भएको छ ।

अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएको र संक्रमितहरुको उपचारमा समस्या भइरहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा अक्सिजन अभावका कारण अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा आजैदेखि प्रभावित हुने जनाएको छ ।

अस्पतालले संक्रमणको सुरुवाती चरणमा निरन्तर रुपमा संक्रमित विरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आइरहेका भए पनि आजबाट भर्ना हुने संक्रमितहरुको लागि अक्सिजन उपलब्ध गराउन नसक्ने अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले बताए ।

अस्पतालको आइसियु र एचडियु कक्षमा भर्ना भएका विरामीहरुको लागी केही समयका लागि मात्र अक्सिजन पुग्ने जनाइएको छ ।

अस्पतालमा आवश्यक अक्सिजनको लागि अन्य जिल्लाका उद्योगहरुसंग भरपर्नु पर्ने अवस्था रहेकाले अस्पतामा अक्सिजन अभाव हुन गएको र अन्य जिल्लामा अक्सिजन भर्न पठाइएका सिलिण्डरहरु समेत गएराती देखि उपलब्ध हुन छाडेको विज्ञप्तीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*