राजनीति/ समाज
मकवानपुरमा उपभोग्य वस्तुको मूल्य अस्वभाविक रुपमा वृद्धि, प्रशासन मौन
मकवानपुर । मकवानपुरमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रुपमा वृद्धि भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेलगत्तै जिल्लामा उपभोग्य वस्तुको मुल्य अस्वभाविक रुपमा वृद्धि भएको उपभोक्ताहरुको गुनासो छ । निषेधाज्ञाको अवधिमा मात्र चामल, दाल, तेल जस्ता खाद्यान्न सामग्रीको मुल्य...
हेटौँडाका थप एक जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । हेटौँडाका थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० का ७६ वर्षीय एक वृद्ध रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिए । उनका अनुसार, ती वृद्धको आज बिहान आफ्नै घरमा मृत्यु भएको हो । उनमा...
सहयोगी मन नेपालले खुवायो संक्रमित आमाहरुलाई फलफूल र पौष्टिक आहार
मकवानपुर । सहयोगी मन नेपालले हेटौँडा उपमहानगरपालिका वडा नम्वर –६ स्थित गौरिटार रंगशालाको आइसोलेशन कक्षमा रहेका कोरोना संक्रमित महिलाहरुलाई फलफूल तथा शक्तिबर्दक पौष्टिक आहार सहयोग उपलब्ध गराएको छ । आइसोलेशनमा रहेका महिला (आमा)हरुलाई मातातीर्थ औँशीको दिन परिवारभन्दा टाढा छु भन्ने अनुभूति नहोस्, उच्च मनोबल रहोस् भन्नका लगि आइसोलेशनमा नै...
मकवानपुरका उप्रेतीले गरे झुण्डिएर आत्महत्या
मकवानपुर । मकवानपुरको मनहरीमा एक जनाले लिच्चिको रुखमा झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर १ चकरी बस्ने ३९ वर्षीय राजकुमार उप्रेतीले रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, उप्रेतीले आज बिहान आफ्नै घर पछाडी...
बकैयामा अक्सिजनसहितको आइसोलेशन वार्ड तयार
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा अक्सिजनसहितको १० शैयाको आइसोलेशन वार्ड तयार गरिएको छ । जिल्लामा कोरोना संक्रमित बड्दै गएपछि गाउँपालिका वडा नं. ३ स्थित रहेको हात्तीसुँडे सामुदायिक स्वास्थ इकाईमा अक्सिजनसहितको १० शैयाको आइसोलेशन वार्ड तयार गरिएको हो । समाजसेवी तथा व्यवसायी श्री बुद्ध माबी हात्तीसुडेका अध्यक्षका तारा चन्द्र बजगाईंले...
निषेधाज्ञा उल्लङ्घन गर्ने १३१ वटा सवारीसाधन मकवानपुर प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने १३१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्येनजर गर्दै जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने १३१ वटा विभिन्न सवारीसाधनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/स्कुटर ६६ वटा,...
हेटौँडामा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने प्रशासनको निर्णय
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका क्षेत्रमा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्रको सोमबार बसेको बैठकले हेटौडा उपमहानगरपालिका क्षेत्रमा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । बैठकले तीव्र रूपमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई मध्येनजर गर्दै...
हेटौँडामा भेटिएको सकेट बम डिस्पोज
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पसमा भेटिएको सकेट बम डिस्चोज गरिएको छ । मंगलबार बिहान हेटौँडा–५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रङ्गशालामा भेटिएको उक्त बम भीमफेदी गाउँपालिका–१ सुपारेटारबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पिप्ले क्लबको स्वामित्वमा निर्माणाधीन रङ्गशालाको...
मकवानपुरमा थपिए १११ जना कोरोना संक्रमित, सबैभन्दा धेरै हेटौँडाका
मकवानपुर । मकवानपुरमा सोमबार एकैदिन १ सय ११ जनामा कोरोना संक्रमित थपिएका छन् । कुल १ सय ८६ जनाको स्वाब संकलन गरी एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ११ जना कोरोना संक्रमित थपिएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । उनका अनुसार, संक्रमण पुष्टि हुनेहरुमा...
हेटौँडाका ४ वटा मासु पसललाई जरीवाना
मकवानपुर । अनुमति नलिई संचालनमा आएका हेटौँडाका ३ वटा मासु पसलाई जरीवाना गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले घरेलु तथा साना उद्योगको कार्यालयमा दर्ता नगरी निर्वाध रुपमा मासु पसल संचालन गरेको भन्दै ३ वटा मासु पसलाई जरिवाना गरेको हो । हेटौँडा बजारका...









