प्रधानमन्त्रीले विश्वासको मत नलिने, धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रियामा जाने

तु खबर संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार १८:३२
file-photo

मकवानपुर । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ (५) को प्रावधान अनुसार सरकार गठनको प्रक्रियामा अघि बढ्ने निर्णय गरेको छ।

अघिल्लो हप्ता मात्रै संविधानको धारा ७६ (३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। अब विश्वासको मत नलिने र संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने दिशामा अघि बढ्ने निर्णय भएको हो ।

प्रधानमन्त्रीले विश्वासको मत नलिने, राजीनामा पनि नदिने विषयमा बैठकमा छलफल भएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*