कांग्रेस सभापति देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र

तु खबर संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार १४:२९

काठमाडौँ । नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा जिम्मेवार बन्न माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै खोपको बन्दोबस्त गर्न माग गरेका हुन् । कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकार गम्भिर बन्न नसकेको आरोप समेत लगाएको छ ।

१५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले अक्सिजन लगाएतका अत्यावश्वक बस्तुमा समेत कालोबजारी र कार्टेलिङ गरेको आरोप लगाएको छ ।

आवश्यकताअनुसार तत्काल आइसीयु र भेन्टीलेटरको तत्काल व्यवस्था गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
नयाँ भेरियन्टले बालबालिका समेत प्रभावित हुनसक्ने विज्ञहरुले जानकारी गराइसकेको अबस्थामा सरकारले तत्काल संक्रमण कम गर्न पहल गर्नुपर्ने कांग्रेसको माग छ ।

नीजि अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क असुलेको गुनासो आएको भन्दै कांग्रेसले निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ ।

गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै बजेट विनियोजन गरिएको भनिएपनि त्यसको काम नगन्य रुपमा भएको भन्दै तत्काल सबै प्रदेशमा सुविधासम्पन्न अस्पताल निर्माण गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*