राजनीति/ समाज
उपेन्द्र यादवले बोलाए आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक
काठमाडौँ । जनता समाजवादी पार्टी जनसाका अध्यक्ष उपेन्द्र यादवले आफु निकटका सांसद् तथा कार्यकारिणी समिति सदस्यको बैठक आह्वान गरेका छन् । सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा छलफल गर्न पार्टीको अनौपचारिक बैठक बोलाएको बताइएको हो । जसपा नेपालको कार्यकारिणी समितिमा...
निषेधाज्ञा उल्लङ्घन गर्ने ९२ वटा सवारीसाधन नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले शुक्रबार जिल्लामा निषेधाज्ञा उल्लङ्घन गर्ने ९२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्ने ९२ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी...
मकवानपुरमा शुक्रबार १०९ जना कोरोना संक्रमित थपिए, कहाँ कति ?
मकवानपुर । मकवानपुरमा शुक्रबार १०९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार, शुक्रबार जिल्लामा ५४ जना महिला र ५५ जना पुरुष गरी १०९ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का रहेका...
मकवानपुरका घिमिरे मृत अवस्थामा फेला
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–८ सिम्पानी निवासी लाल बहादुर स्याङ्तानको गाई गोठमा एक जनाको शव फेला परेको छ । स्थानीय अन्दाजी ४५ बर्षका बिष्णु घिमिरे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय...
हेटौँडा अस्पतालमा अक्सिजन अभाव, आजदेखि उपचार सेवा प्रभावित
मकवानपुर । हेटौँडा अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि अक्सिजन अभाव भएको छ । अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएको र संक्रमितहरुको उपचारमा समस्या भइरहेको उल्लेख गरेको छ । विज्ञप्तिमा अक्सिजन अभावका कारण अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा आजैदेखि प्रभावित हुने जनाएको छ । अस्पतालले संक्रमणको...
राष्ट्रियसभा उपनिर्वाचनः उम्मेदवारीमाथि पुर्नविचार हुँदैन–डा. देवकोटा
मकवानपुर । राष्ट्रियसभा सदस्य पदका उम्मेदवार डा. खिमलाल देवकोटाले मुलुकको प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन आफुलाई रहेकोले उम्मेदवारी कायम रहने बताएका छन् । नेकपा एमालेको माधव नेपाल निकट मानिने डा. देवकोटाले आफुलाई एमालेका नेता तथा कार्यकर्ताले पनि पूर्ण...
बागमतीमा एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या कति पुग्यो ?
मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार, प्रदेशमा बिहिबार काठमाडौंका १६ जनासहित २८ जना कोरोना संक्रमिमतको मृत्यु भएको हो । बिहिबार काठमाडौंमा ९ पुरुष र ७ महिला गरी १६ जना, ललितपुरमा ४ पुरुष...
निषेधाज्ञा उल्लङ्घन गर्ने ११८ जनासहित सवारीसाधन नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले बिहिबार निषेधाज्ञा उल्लङ्घन गर्ने ११८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्ने ११८ जना (पैदल यात्रु) लाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरतथा मातहत कार्यालयबाट प्रहरी उपरीक्षक...
मकवानपुरमा थप १५९ जनामा कोरोना पुष्टि, हेटौँडा–४ का मात्रै ३२ जना
मकवानपुर । मकवानपुरमा बिहिबार थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार मकवानपुरको विभिन्न स्थानका ७२ जना महिला र ८७ जना पुरुष गरी १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार, संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिका...
कोरोना संक्रमणका कारण हेटौँडाका २ जनाको मृत्यु
मकवानपुर । कोरोना भाइरसको संक्रमणका कारण हेटौँडाका थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–७ को ८७ बर्षीय पुरुष र हेटौँडा–४ को ६० बर्षीय पुरुष रहेका छन् । हेटौँडा अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा–४ का ६० बर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको थियो । त्यस्तै हेटौँडा–७ का...









