राष्ट्रियसभा सदस्यमा नेपाली काँग्रेसका पाण्डेय निर्वाचित
बुटवल । राष्ट्रियसभामा रिक्त एक पदको लागि लुम्बिनीमा आज भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । पाण्डेयलाई माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
पाण्डेय ४ हजार १ सय ४० मतभारसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पारजीत भएका छन् । खड्काले जम्मा ३ हजार ६ सय १२ मतभार मात्रै प्राप्त गरेका छन् । उनलाई महन्त ठाकुर पक्षको समर्थन थियो ।
विजयी पाण्डेय हालैमात्र प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेपाली काँग्रेस प्रवेश गरेका थिए ।
माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्कालाई सो दलले कारवाही गरेपछि यो पद रिक्त भएको थियो ।
