पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार घोषणा

तु खबर संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १८:२१
file-photo

काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालहरुमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरुलाई निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा अर्थमन्त्री बिष्णु पौडेलले बजेटमार्फत् गरेका छन् ।

प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा निशुल्क उपचार मिलाइने भएको छ । त्यसैगरी श्रमजीवी पत्रकारको लागि ७ लाखसम्मको दुर्घटना बीमामा लाग्ने ५० प्रतिशत प्रिमियम सरकारले दिने घोषणा समेत भएको छ ।

त्यसैगरी सरकारले बजेट मार्फत् भोभिडका कारण समस्यामा परेका पत्रकारहरुका लागि लेखनवृत्ति दिने घोषणा पनि गरेका छन् ।

त्यसैगरी राष्ट्रिय बीमा बोर्डलाई थप बलियो बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमालाई कम्तीमा ५० प्रतिशत नागरिकसम्म पुर्याउन आवश्यक काम गर्ने घोषणा पनि सरकारले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*