राजनीति/ समाज
मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय
मकवानपुर । मकवानपुरमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बिहिबार बसेको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । मकवानपुरमा कोरोनाको संक्रमण दर र मृत्यु दरमा बृद्धि भइरहेकोले संक्रमण फैलन नदिन निषेधाज्ञालाई थप प्रभावकारी बनाइने भएको...
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए सपथ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सपथ ग्रहण गराएकी हुन् । प्रदेश प्रमुख पौडेलले दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर,...
निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीसाधनसहित चार जना मकवानपुर प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुर मकवानपुर प्रहरीले बुधबार निषेधाज्ञा उल्लङ्घन गर्ने ८० वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ८० वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिएको हो । प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल,...
हेटौँडा अस्पतालको कोभिड उपचार कक्षका सबै बेड भरिए
मकवानपुर । हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड कोरोना संक्रमितले भरिएका छन् । कोरोना संक्रमितहरुको उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले संचालनमा ल्याएको उक्त उपचार कक्षका सबै बेड संक्रमितले भरिएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । अस्पतालले २० वेर्डको व्यवस्था गरी संक्रमितको...
बन्दुक पड्किएर मकवानपुरका एक जना घाइते
मकवानपुर । आफैले बोकेको अवैध भरुवा भन्दुक पड्किदा मकवानपुरका एक जना घाइते भएका छन् । घाइते हुनेमो मकवापुरको भीमफेदी गाउँपालिका वडा नम्वर ७ कोगटे बस्ने २८ वर्षीय गगनबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिए । प्रवक्ता रिमालका अनुसार, मंगलबार १२ः०० बजेको...
मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तयारी
मकवानपुर । मकवानपुरमा निषेधाज्ञाको अवधि थप गर्ने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जेठ १३ गतेसम्म लागू हुने गरी निषेधाज्ञाको अवधि लम्ब्याउने तयारी गरेको स्रोतले बताएको छ । निषेधाज्ञा बैशाख १३ गतेसम्म लम्ब्याउने विषयमा छलफल भई लगभग टुंगिसकेको छ, तर भोलिमात्रै यसबारे आधिकारिक निर्णय गरिने तयारी...
हेटौँडा अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । हेटौँडा अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हेटौँडाका दुई जना र भीमफेदीका एक जना पुरुष गरी तीन जनाको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । संक्रमणबाट भीमफेदी गाउँपालिका वडा नम्वर–६ का ५९ वर्षीय एक पुरुषको आज...
मकवानपुरमा थपिए १८२ जना कोरोनाका संक्रमित, कहाँ कति ?
मकवानपुर । मकवानपुरमा थप १८२ जना कोरोनाका संक्रमित थपिएका छन् । कूल २७० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा ८३ जना महिला र ९९ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिएका छन् । उनका अनुसार हेटौँडा ४ मा सबैभन्दा धेरै ३० जनामा...
बागमती प्रदेशमा एकैदिन ३४ जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा एकैपदन ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत छन् । प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सबै भन्दाबढी काठमाडौंका ११ जना...
मकवानपुर प्रहरीद्वारा निषेधाज्ञा उल्लङ्घन गर्ने २३५ वटा सवारीसाधन नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशानसन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्ने २३५ वटा विभिन्न सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । प्रशासनले सोमबार जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल, स्कुटर, अटो, सानो गाडी र टिपर गरी २३५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको हो । उक्त...









