‘प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयविरूद्ध राजनीतिक र कानूनी लडाइँ लड्छौँ ’

तु खबर संवाददाता
२०७८ जेष्ठ ८, शनिबार ०९:०६
file-photo

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरूले बहुमतसहित प्रधानमन्त्रीको विकल्प दिँदादिँदै पनि प्रतिनिधि सभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि राष्ट्रपति र प्रधानमन्त्रीले जालसाझी गरेको बताएका छन् ।

उनले प्रतिनिधि सभा विघटन गर्ने राट्रपति र प्रधानमन्त्रीको निर्णयविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताए।

पौडेलले पार्टी पदाधिकारी बैठकबाट कस्तो लडाइँ लड्ने, कसरी विरोध गर्ने भन्नेमा निर्णय गरिने स्पष्ट पारे। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बिहान ९ बजे कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाइएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*