प्रतिगामीविरुद्ध एकता अवश्यक : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीविरुद्धको एकता आवश्यक रहेको बताएका छन् ।
गणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन् ।
नेपाली जनताको ठूलो त्याग र बलिदानबाट गणतन्त्रको स्थापना भएको स्मरण गर्दै गणतन्त्रविरोधीहरुबाट निरन्तर यसको मूल्य र मान्यतामाथि प्रहार भइरहेको उल्लेख गरेका छन् ।
