जसपामा कारबाहीको लडाई

तु खबर संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार १६:३४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव समुहलाई कारबाही गरेको छ ।

यादव समूहले कारबाही गरेको केही समयमा नै ठाकुर समूहले पनि कारबाही गरेको हो ।

ठाकुर समूहले तत्कालिन राजपाको पार्टी कार्यालय बबरमहलमा बैठक बसेर यादव समूहका नेतालाई कारबाही गरेको जनाइएको छ ।

यसअघि पार्टी निर्णय विपरित प्रतिगमनकारी ओली सरकारमा सहभागी भएको भन्दै जसपाको यादव समूहले महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सवेन्द्रनाथ शुक्लालाई कारबाही गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*