एमालेले पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयास गर्ने

तु खबर संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार १६:०५
file-photo

काठमाडौं । पार्टी एकता जोगाउन नेकपा एमालेको नेतृत्व तहले अन्तिमसम्म प्रयास जारी राख्ने जनाएको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकले पार्टी एकता बचाउन अन्तिम अवस्थासम्म प्रयास जारी राख्दै लचकता अपनाउने निर्णय गरेको हो ।

त्यस्तै उक्त बैठकमा नेकपा एमालेभित्र भइरहेका राजनितिक अवस्थाको बारेमा समिक्ष भएको जनाइएको छ ।

बैठकमा साथै बजेट, लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनको समिक्षा र प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्नेगरी भइरहेका बहसमाथि पनि समिक्षा भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*