हस्ताक्षर दुरूपयोग गरिएको भन्दै एमाले सांसदद्वारा राष्ट्रपतिलाई पत्र
काठमाडौँ । नेकपा एमालेको माधव पक्षका केही प्रतिनिधिसभा सदस्यहरुले आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएका छन् ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको उनीहरूले बताएका छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय भनिएका सांसदको हस्ताक्षर दुरुपयोग भएको राष्ट्रपतिलाई उनीहरूले नै जानकारी गराएका
हुन् ।
यसरी जानकारी गराउने सांसदहरूमा नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडीलगायत छन् ।
उनीहरूले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको जानकारी गराएका हुन् । देउवालाई प्रधानमन्त्री बनाउने विषयले नेपाल समूहमा विवाद उत्पन्न भएको देखिएको छ ।
सुनसरी– १ बाट निर्वाचित सांसद जयकुमार राईले राष्ट्रपति कार्यालयलाई पत्र लेख्दै आफ्नो हस्ताक्षर दुरुपयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

