‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु राष्ट्रपतिलाई दोष किन ?’ –प्रधानमन्त्री ओली
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्दै उनले राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको बताए ।
उनले विपक्षी दलहरुले आफ्नो अनुकुल भएन भनेर राष्ट्रपतिको हुर्मत लिने काम भएको बताए ।
प्रधानमन्त्री ओलीले विरोध गर्नेहरुले राष्ट्रपतिको संवैधानिक काम कर्तव्य नबुझेको दावी गरे ।
उनले भने ‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु । अहिले पनि म जवाफदेही छु । राष्ट्रपतिलाई दोष किन ?’
