प्रधानमन्त्री ओलीको विरुद्ध जान सक्दैनौँ – जसपा अध्यक्ष ठाकुर
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीको विरुद्धमा जान नसक्ने बताएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा आलीसँग भइरहेको छलफलको बारेमा जानकारी गराउन अनौपचारिक रुपमा सांसदहरुसँग छलफल गरेको पनि उनले बताए ।
आजको बैठकमा प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्दा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उनले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताए ।
वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरु कुर्सीका लागि नभएर मधेशको माग पुरा गराउन दौडधुपमा लागेको बताए । आफूहरुको मुद्दालाई जसले सम्बोधन गर्छ त्यसलाई समर्थन गर्ने पनि बताए ।
जसपा अध्यक्ष महन्थ ठाकुर पक्षधर सांसदको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री संविधान संशोधनका लागि तयार भएको दावी गरे ।
मन्त्रीपरिषद्बाट संविधान संशोधनका अध्ययन गर्न सुझाव समूह गठन गर्ने निर्णय भएको बताउँदै उनले संविधान संशोधनको नाम सुन्न नचाहने प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनका लागि तयार भएको उनले बताए ।
