माधव नेपाल पक्षका सांसद्हरु सिंहदरबारमा भेला भए
मकवानपुर । नेकपा एमालेको माधव नेपाल पक्षका सांसद्हरु सिंहदरबारमा भेला भएका छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल पक्षका सांसद्हरु अब कसरी अघि बढ्ने सम्दर्भमा छलफल गर्न भेला भएका हुन् ।
छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् ।
