बागमतीमा एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या कति पुग्यो ?
मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार, प्रदेशमा बिहिबार काठमाडौंका १६ जनासहित २८ जना कोरोना संक्रमिमतको मृत्यु भएको हो ।
बिहिबार काठमाडौंमा ९ पुरुष र ७ महिला गरी १६ जना, ललितपुरमा ४ पुरुष र २ महिला गरी ६ जना, चितवनमा एक जना महिला, रसुवामा एक जना पुरुष, भक्तपुरमा एक जना महिला, काभ्रे, मकवानपुर र नुवाकोटमा एक÷एक जना पुरुष गरी २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तक राज सेढाईले जानकारी दिए ।
उनका अनुसार, यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या एक हजार ७ सय १६ जना पुगेको छ ।
त्यस्तै, प्रदेशमा बिहिबार एकैदिन ४ हजार ३ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३२ हजार ९ सय ३३ जना पुगेको छ ।
प्रदेशमा हाल ४८ हजार २ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् । जसमा २ हजार ९ सय ६१ जना आइसोलेशमा, ४ सय २३ जना एच.डी.युमा, ८ सय २७ जना आईसियूमा, ३ सय ८८ जना भेन्टिलेटरमा र ४३ हजार ६ सय ९५ जना होम आइसोलेशमा उपचाररत छन् ।
त्यस्तै, प्रदेशमा कोरोना संक्रमण निको हुनेको कूल संख्या एक लाख ८३ हजार ३ सय ११ जना पुगेको छ । बिहिबार एकैदिन २ हजार ६ सय ४४ जना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण निको हुनेको कूल संख्या एक लाख ८३ हजार ३ सय ११ जना पुगेको मन्त्रालयले जनाएको छ ।
