हेटौँडाका थप एक जना कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७८ बैशाख २८, मंगलवार १५:२२
सांकेतिक तस्वीर

मकवानपुर । हेटौँडाका थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० का ७६ वर्षीय एक वृद्ध रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिए ।

उनका अनुसार, ती वृद्धको आज बिहान आफ्नै घरमा मृत्यु भएको हो ।

उनमा गच बैशाख १३ गते चितवनको मेडिकल कलेजमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा मृगौला सम्बन्धी समस्या समेत रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*