मकवानपुरका उप्रेतीले गरे झुण्डिएर आत्महत्या
मकवानपुर । मकवानपुरको मनहरीमा एक जनाले लिच्चिको रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर १ चकरी बस्ने ३९ वर्षीय राजकुमार उप्रेतीले रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, उप्रेतीले आज बिहान आफ्नै घर पछाडी रहेको लिच्चिको रुखमा नाइनलको डोरीले पासो लगाएर आत्महत्या गरेका हुन् ।
हाल घटनास्थलमा प्रहरी टोली पुगेर मुलुल्का उठाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
उनका अनुसार, उप्रेतीको शव पोस्टमार्टमको लागि हेटौँडा अस्पतालमा ल्याइनेछ ।
उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
