मकवानपुर प्रहरीद्वारा निषेधाज्ञा उल्लङ्घन गर्ने २३५ वटा सवारीसाधन नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशानसन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्ने २३५ वटा विभिन्न सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
प्रशासनले सोमबार जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल, स्कुटर, अटो, सानो गाडी र टिपर गरी २३५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।
उक्त सवारीसाधन मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी नायव उपरीक्षक समेतको चेकिङ टोलीले मकवानपुरको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै, प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरी पसल संचालन गर्ने ८ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ती व्यक्तिहरु र सवारीसाधनलाई रोग ऐन २०२० बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाईएको मकवानपुरका प्रहरी नायक उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

