हेटौँडामा भेटिएको सकेट बम डिस्पोज

तु खबर संवाददाता
२०७८ बैशाख २७, सोमबार १५:३३

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पसमा भेटिएको सकेट बम डिस्चोज गरिएको छ ।

मंगलबार बिहान हेटौँडा–५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रङ्गशालामा भेटिएको उक्त बम भीमफेदी गाउँपालिका–१ सुपारेटारबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पिप्ले क्लबको स्वामित्वमा निर्माणाधीन रङ्गशालाको माटो सम्याउने क्रममा उक्त बम शंकास्पद अवस्थामा भेटिएपछि पिप्ले युवा क्लबको प्रतिनिधिले वडा प्रहरीलाई खबर गरेका थिए ।

खियाँ लागेको अवस्थाको भेटिएको उक्त बम २०६१ सालमा सोही स्थानमा माओवादी सेना र प्रहरीसँगको दोहोर भिडन्तमा छाडिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*