हेटौँडाका २ जना कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १८:४१

मकवानपुर । हेटौँडा अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित विरामीको शुक्रबार मृत्यु भएको छ ।

अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ की ३७ बर्षीया महिला र वडा नम्वर ७ का ४० बर्षका पुरुषको मृत्यु भएको अस्पतालका कोभिड वार्ड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

मृतक महिलाको अपराह्न ४ः४५ बजे र पुरुषको ५ः ३० बजे मृत्यु भएको हो ।

मृतक महिला र पुरुष उच्च रक्तचापका विरामी थिए । मृतक महिला शुक्रबार नै अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी थिइन् भने पुरुष विहिबार कोभिड वार्डमा भर्ना भएका थिए ।

मृतक महिला र पुरुषको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ ।

यससँगै हेटौँडा अस्पतालमा ९ जना कोरोना संक्रमित विरामीको मृत्यु भइसकेको छ ।

यसअघि हेटौँडा अस्पतालमा उपचारको क्रममा महोत्तरीका १ जना, रौतहटका १ जना, बाराका २ जना र मकवानपुरका ३ जनाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*