हेटौँडामा खेलकुद महासंघको ‘को भिड–नो भिड’ अभियान

तु खबर संवाददाता
२०७८ बैशाख २६, आईतवार १५:०२

मकवानपुर । नेपाल खेलकुद महासंघ मकवानपुर जिल्ला कमिटिको आयोजनामा आज ‘को भिड–नो भिड’ अभियान सुरु भएको छ ।

महासंघको राष्ट्रिय अभियान अन्र्तगत आज हेटौँडा उपमहानगरपालिकाको दक्षिणी नाका रातोमाटे चेकपोष्टमा ब्यानर, पमप्लेट बोकेका युवाहरुले माक्स लगाऔँ, साबुन पानीले हात धोऔँ, सामाजिक दुरी कायम गरौं लगाएतका जनचेतनामूलक प्लेकार्डसहित उक्त अभियान संचालन गरेका हुन् ।

कोरोना संक्रमणबाट बच्न र संक्रमणलाई न्यूनिकरण गर्नको लागि सचेतना अभियान महत्वपूर्ण रहेको भन्दै महासंघको केन्द्रीय कमिटिले मातहतको सबै कमिटिमार्फत यो अभियान सञ्चालन गरेको महासंघका केन्द्रीय उप–महासचिव धरम लामाले बताए ।

हेटौँडाको सबैभन्दा ब्यस्थ नाकामा अभियान सञ्चालन गर्दा धेरैभन्दा धेरै ब्यक्तिहरुलाई सचेत गर्न सकिने हुँदा आफुहरुले रातोमाटे नाकामा यो अभियान संचालन गरेको महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*