हेटौंडा अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७८ बैशाख २६, आईतवार ०८:१९
सांकेतिक तस्वीर

मकवानपुर । हेटौँडा अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारका क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का वर्ष ६५ का पुरुष र बारा सिमरनगढ–१ घर भएका ३४ वर्षीय पुरुष रहेका छन् ।

हेटौंडाका मृतक पुरुषको शनिबार ४ः३९ बजे हेटौंडा अस्पतालको इमर्जेन्सीमा नै मृत्यु भएको हो भने बाराका मृतक पुरुषको कोभिड वार्डको एचडीयूमा मृत्यु भएको डा. काफ्लेले बताए ।

हेटौंडाका मृतक पुरुषमा गत बैशाख २३ गते संक्रमण पुष्टि भएको थियो । उनलाई मृगौलासम्बन्धी समस्या रहेको र मासिक २ पटकसम्म डाइलासिस गराइरहेका थिए ।

संक्रमण पुष्टि भएपछि स्वास्थ्यमा थप समस्या देखिएपछि उनी उपचारका लागि अस्पतालको इमर्जेन्सीमा भर्ना भएको र केही बेरमा नै उनको मृत्यु भएको हेटौँडा अस्पतालले जनाएको छ ।

त्यस्तै उच्च रक्तचापबाट पीडित बाराका मृतक पुरुषमा भने केही दिन अघि संक्रमण पुष्टि भएको र थप उपचारका लागि बाराबाट रिफर लिएर शुक्रबार राति २ बजे हेटौँडा अस्पतालमा भर्ना भएका थिए ।

योसँगै कोरोना संक्रमणबाट हेटौंडा अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*