प्रदेशको सबै स्थानीय तहमा आइसोलेशन कक्ष स्थापना गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

तु खबर संवाददाता
२०७८ बैशाख २३, बिहीबार १५:५३
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्लामा कोभिड–१९ संक्रमितहरुलाई थप सेवा प्रदान गर्न सबै स्थानीय तहमा आइसोलेशन कक्ष स्थापना गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री पौडेलले बिहिबार प्रदेशको १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ), जिल्ला समन्वय समिति (जिसस) का प्रमुख, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुसँग टेलिफोन संवाद गर्दै सो निर्देशन दिएका हुन् ।

उनले कोभिड–१९ संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेशको सबै स्थानीय तहको प्रत्येक वडा–वडामा टोल विकास संस्थामार्फत जनचेतना अभियान कार्यक्रम सूचारु गर्न आह्वान गरे ।

मुुख्यमनत्री पौडेलले प्रदेश सरकारले जिल्लाको १३ जिल्ला अस्पताल र कोभिड अस्पतालहरुलाई आवश्यकीय अक्सिजन, आईसियू कक्ष, भेन्टिलेटर, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले स्रोतसाधन र चिकित्सकको दबन्दी उपलबध गराइसकिएको पनि जानकारी दिए ।

यसैबीच प्रदेशको काठमाडौै, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोटको विभिन्न स्थानीय तहको टोलमा आईसोलेशन कक्षको स्थापना गरिएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताए । उनका अनुसार, प्रदेश सरकारले ती कक्षहरुलाई आवश्यक अक्सिजन, चिकित्सक र स्वास्थ्यकर्मीहरु उपलब्ध गराइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*