हेटौँडामा सवारी दुर्घटना, ११ जना घाइते

तु खबर संवाददाता
२०७८ बैशाख २४, शुक्रबार ०८:४५

मकवानपुर । मकवानपुरको हेटौाडामा आज बिहान सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बिहान काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बस र विपरितदिशातर्फ जाँदै गरेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ट्रक चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, घाइतेमध्ये ट्रक चालकको अवस्था गम्भीर रहेको र घाइते सबै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको पूरा विवरण आउन बाँकी रहेको प्रवक्ता रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*