हेटौँडाका पाँच युवक प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ बैशाख २३, बिहीबार १७:४७

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुण्डागर्दी शैलीमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १८ का दुई जनालाई बिनाकारण छुरा प्रहार गरी घाइते बनाएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौँडा–१८ रामधुनीचोक नजिक बस्ने १९ वर्षीय रोमश मोक्तान, २१ वर्षीय बिकेश मोक्तान, १८ वर्षीय रोमन भन्ने रामकुमार मोक्तान, २२ वर्षीय किशन बयलकोटी र २६ वर्षीय रोशन भन्ने खड्कबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार, बुधबार एक्कासि गुण्डा गर्दी शैलिमा स्थानीय २४ वर्षीय अजित नगरकोटी र ३१ वर्षीय बिनोद पहेलीलाई बिना कारण छुरा प्रहार गरी घाईते बनाएको भनि विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

छुरा प्रहारबाट घाइते भएका उनीहरुलाई चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार, ती घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

पक्राउ परेका उनीहरुमाथि पीडितबाट ज्यान मार्ने उद्योग कसुरमा प्राप्त जाहेरी अनुसार आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*