हेटौँडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
मकवानपुर । हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहट चपुरका ३८ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पताल कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले जानकारी दिए ।
उनका अनुसार, कोरोना पुष्टि भई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत ती पुरुषको बिहिबार साँझ मृत्यु भएको हो ।
योसँगै कोरोना पुष्टि भई हेटौंडा अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
