नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला नियुक्त भएका छन् ।
निरौलालाई बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलले प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले गत बैशाख १५ गते बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै तत्कालीन प्रमुख सचेतक केशबराज पाण्डे आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त गरेपश्चात उक्त पद रिक्त रहेको थियो ।
रिक्त उक्त पदमा मुख्यमन्त्री पौडेलले नेकपा एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम गत बैशाख १७ गते प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
निरौलालाई १७ गते प्रमुख सचेतकमा नियुक्त गरेको भएपनि बागमती प्रदेशसभा सचिवालयमा भने जानकारी गराइएको थिएन् ।
मुख्यमन्त्री पौडेलले आज बिहिबार मात्र बागमती प्रदेशसभा सचिवालयलाई निरौलालाई प्रमुख सचेतकमा नियुक्त गरेको बारे जानकारी गराएका हुन् ।
