एमाले बागमती प्रदेश कमिटीमा मनोनीतहरुले गरे शपथ ग्रहण

तु खबर संवाददाता
२०८१ श्रावण १६, बुधबार १८:४०
file-photo

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यमा मनोनीतहरुले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

एमालेको पहिलो र दोस्रो सचिवालय बैठकबाट प्रदेश कमिटीमा मनोनीत ३४ जनाले शपथ लिएको प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाले जानकारी दिए ।

मनोनीतहरूलाई राजधानीमा एक कार्यक्रमबीच बागमती प्रदेश कमिटी अध्यक्ष कैलाल ढुंगेलले शपथ खुवाएका हुन् ।