बागमतीमा एकैदिन १७ जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा बिहिबार एकैदिन १७ जना कारोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयकाले तथ्याङ्क अनुसार, प्रदेशको विभिन्नमा गरी बिहिबार १७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा काठमाडौंका ३ जना महिला र ५ जना पुरुष गरी कुल ८ जना, ललितपुरका ४ जना, भक्तपुर, चितवन, काभ्रे, रसुवा र सिन्धुपाल्चोकका १÷१ जना रहेको मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।
उनका अनुसार, प्रदेशमा बिहिबार एकैदिन ४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको कूल संख्या २ लाख एक हजार ५३ जना पुगेको छ ।
तीमध्ये हाल संक्रमिय संक्रमितको संख्या ३६ हजार नाघेको छ । मन्त्रालयका तथ्याङ्क अनुसार, प्रदेशमा हाल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमितमध्ये ३२ हजार ५ सय ६३ जना होम आइसोलेशनमा बस्दै आएका छन् भने प्रदेशका विभिन्न अस्पतालले संचालन गरेको आइसीयूमा ५ सय १८ जना, भेन्टिलेटरमा १ सय ८५ जना उपचाररत, र ंसथागत आइसोलेशमा २ हजार ९ सय ३६ जना बस्दै आएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, प्रदेशमा बिहिबार ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रदेशमा ६ सय ३० वेर्डको आईसीयू, ३ सय ७ वेडको भेन्टिलेटर संचालनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमितका लागि ४ हजार ५ सय ४६ वेडको आइसोलेशन तयारी अवस्थामा रहेको छ ।
