राजनीति/ समाज
हेटौँडालाई कुन मापदण्डमा लैजाने ? –मुनु सिग्देल
मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् तत्कालिन नेकपा एमालेकी अध्यक्ष मुनु सिग्देलले बागमती प्रदेशको राजधानी हेटौँडालाई कुन मापदण्डमा लैजाने हो भन्ने किटान गर्न प्रदेश सरकारलाई प्रश्न गरेकी छन् । शुक्रबार नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको प्रदेशसभा बैठकमा नेतृ सिग्देलले प्रदेश सरकालाई प्रश्न गरेकी हुन् । नेतृ सिग्देलले भनिन्,...
‘प्रदेशका कानून सबैले जानुन्’ भन्ने नारा हाँस्यास्पदः रमेश पौड्याल
मकवानपुर । विवेकशिल साझा पाटी बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ल्याएको ‘प्रदेशका कानून सबैले जानुन्’ भन्ने नारा हाँस्यास्पद रहेको बताएका छन् । नेता पौडेलले आज नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको प्रदेशसभा बैठकमा अब प्रदेश सरकारले नागरिकलाई कानून पढाउन थालेजस्तो देखिएको भन्दै...
दोलखाको अस्पताल पशुपति चौलागाई स्मृति अस्पताल बनाउन माग
मकवानपुर । बागमती प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा बहुवर्षिय र क्रमागत योजनामा मात्र बजेट विनियोजन गरेपछि मात्र अन्य योजनालाई बजेट विनियोजन गर्ने भनिएको बुँदा हटाउनु पर्ने बताएका छन् । नीति तथा कार्यक्रमका बारेमा छलफलका लागि बसेको प्रदेशसभा बैठकमा नेता...
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम शब्दजालमात्रै : नेता जम्मकट्टेल
मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेल सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम शब्दको जालैजालो जस्तो रहेको बताएका छ । नेता जम्मकट्टेलले शुक्रबार भएको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम शब्दजाल जस्तो रहेको बताएका हुन् । उनले भने, ‘बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि...
युवा नेता लामाको पक्राउप्रति नेता बानियाँको आपत्ती, विना शर्त छोड्न आग्रह
मकवानपुर । नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले पक्राउ गरेको विषयलाई लिएर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आपत्ती जनाएका छन् । नेता बानियाँले बिहिबार एक विज्ञप्ति जारी गर्दै युवा नेता लामाको पक्राउप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले कुनैपनि नागरिकले स्वतन्त्रपूर्वक...
सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न आज दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको सभामुखको...
बागमती प्रदेशसभाको बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको आठौं अधिवेशन बैठक सुरु भएको छ । आजको बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । गत जेठ २५ गते मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकबाट सिफारिस भएअनुसार...
बागमती प्रदेशसभा: आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
मकवानपुर । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज प्रदेशसभाको बैठक बस्दैछ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज दिनको ३ बजे प्रदेशसभा बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा...
पेलेर बजेट पास गर्न खोजे सरकार ढालिन्छः नेता जम्कट्टेल
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने बताएका छन् । प्रदेश सरकारको आगामी वर्षको नीति कार्यक्रम र बजेटका बारेमा कुराकानी गर्दै नेता...
मकवानपुरको राक्सिराङलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
मकवानपुर । हिमाल मुटु अस्पताल काठमाडौंले मकवानपुरको राकिसराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको विशेष पहलमा हिमाल मुटु अस्पतालले राक्सिराङ गापालाई उक्त ५ थान कन्सन्ट्रेटर...










