बागमती प्रदेशसभाको बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको आठौं अधिवेशन बैठक सुरु भएको छ ।
आजको बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत जेठ २५ गते मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकबाट सिफारिस भएअनुसार प्रदेश प्रमुख प्रसाईलेले सरकारको तर्फबाट सो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
उक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक भएपछि मुख्यमन्त्री डोरमणि पौडेलद्वारा धन्यवाद ज्ञापन गर्ने र ५ वटा विषयगत समितिहरूको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
