सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।
सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न आज दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
उक्त बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
