‘प्रदेशका कानून सबैले जानुन्’ भन्ने नारा हाँस्यास्पदः रमेश पौड्याल

तु खबर संवाददाता
२०७८ जेष्ठ २८, शुक्रबार १३:२९
file-photo

मकवानपुर । विवेकशिल साझा पाटी बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ल्याएको ‘प्रदेशका कानून सबैले जानुन्’ भन्ने नारा हाँस्यास्पद रहेको बताएका छन् ।

नेता पौडेलले आज नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको प्रदेशसभा बैठकमा अब प्रदेश सरकारले नागरिकलाई कानून पढाउन थालेजस्तो देखिएको भन्दै उक्त नारा हाँस्यास्पद रहेको बताएका हुन् ।

प्रदेश सरकारले बनाएको कानुन कार्यान्वयनमा आउन नसकेका भन्दै ऐनाम धुलो लागेको छ भने अनुहार पुसेर हुँदैन ऐना नै पुस्नु जरुरी छ भन्दै मुख्यममन्त्री डोरमणि पौडेललाई अनुरोध गरे ।

उनले विगतको आर्थिक वर्षहरुको नीति तथा कार्यक्रमको समिक्षा नगरी  नीति तथा कार्यक्रम ल्याइएको कारण प्रभावकारी नभएको बताए ।

नीति तथा कार्यक्रम बनाउँदा तथ्यमा आधारित भएर कार्यक्रम तयार पार्न नसकेको र गल्ती सच्याउने, सुधारका काम गर्न नसक्दा प्रदेश सरकारले प्रभावकारी योजनाहरु ल्याउन नसकेको उनले बताए ।

प्रदेश सरकारले खोपको आवश्यकतालाई जिम्मेवारी पूर्ण रुपमा नलिएको बताए । विगत एक वर्षदेखि प्रदेशका नागरिक खोपको आसमा बसेको तर प्रदेश सरकार भने यती वेला नीति तथा कार्यक्रममा खेपको कुरा उठाइरहेकाले प्रदेश सरकार जनता प्रति उत्तरदायी नरहेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*