राजनीति/ समाज
राजेन्द्र महतोलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न मकवानपुर जागरण अभियानको माग
मकवानपुर । मकवानपुर जागरण अभियानले शहरी विकासमन्त्री राजेन्द्र महतोलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ । आइतबार अभियानका अध्यक्ष कृष्णराज कोइरालाले एक विज्ञप्ति जारी गर्दै महतोलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका हुन् । गत शुक्रबार सपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय पुगेका महतोले बहुल राष्ट्र...
एमालेका तीन मन्त्री मन्त्रालय विहिन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने निश्चित भएलगत्तै नेकपा एमालेका ३ जना मन्त्री मन्त्रालय विहिन भएका छन् । जसपाले ८ मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएपछि एमालेका वर्तमान तीन मन्त्री मन्त्रालयविहीन भएका हुन् । जसपाका तर्फबाट राजेन्द्र महतो उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री, शरद सिंह भण्डारी ऊर्जा...
जसपाले टुंग्यायो मन्त्री नाम
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले सरकारमा सहभागि हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । जपा महन्थ ठाकुुर पक्ष जसपा एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागि हुने भएको हो । जसपा आठजना मन्त्री दुईजना राज्यमन्त्री सहित सरकारमा सहभागि हुन...
बागमती प्रदेशसभा सचिवालयमा प्रदेश उच्च शिक्षा विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा आज प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ । बागमती प्रदेशकी सामाजीक विकास मन्त्री सरस्वती बस्नेतले आज प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएकी छिन् । मन्त्री बस्नेतले उक्त विधेयक सरकारी विधेयकको रुपमा ६२ नम्बरमा...
गण्डकी प्रदेशसभाका सांसद थापा पदमुक्त
कास्की । पार्टीले कारवाही पत्र संसद सचिवालयमा पुगेपछि गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएका छन् । बागलुङ १ (ख) बाट निर्वाचित सांसद थापालाई बिहीबार जनमोर्चाले पार्टीबाट कारबाही गरिएको पत्र संसद सचिवालयमा पठाएको थियो । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले पदबाट रिक्त गरिरिदन पार्टीको पत्र आएको र...
जेठ २ मा फर्कन सर्वोच्चबाट रिट फिर्ता लिनुपर्ने ओलीको सर्त
काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने...
महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगले भन्यो – कारवाही सम्बन्धि पत्रको ढाँचा मिलेन
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी दुबै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले पठाएको कारवाही सम्बन्धि पत्रको ढाँचा नियमावली अनुसार नभएको जानकारी दिएको छ । अध्यक्ष ठाकुर र यादव दुबैले एक अर्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएका थिए । आयोगले...
‘ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। यस सम्बन्धि समाचार आजको नागरिक दैनिकमा छ । माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताउन ओली तयार रहेको एमाले स्रोतको...
उपेन्द्र यादवलाई निष्कासन गर्ने महन्थ पक्षको निर्णय
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षले ठाकुरसहित चार जना नेतालाई निष्कासन गरेको केही समयपछि ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासनको कारवाही गरेको छ । केपी ओलीलाई साथ दिएको लगायतका आरोपमा यादव पक्षले अर्का...
जसपामा कारबाहीको लडाई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव समुहलाई कारबाही गरेको छ । यादव समूहले कारबाही गरेको केही समयमा नै ठाकुर समूहले पनि कारबाही गरेको हो । ठाकुर समूहले तत्कालिन राजपाको पार्टी कार्यालय बबरमहलमा बैठक बसेर यादव समूहका नेतालाई कारबाही गरेको जनाइएको छ । यसअघि पार्टी...









