बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

तु खबर संवाददाता
२०७८ जेष्ठ २९, शनिबार १५:२१
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ ।

गत बिहिबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र (आज) शनिबार भएको छलफल भएको थियो ।

छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्षका ४५ जना प्रदेशसभाका सस्दयहरुको आ–आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरेका थिए ।

ती संसद्हरुले उठाएका प्रश्नबारेमा आज बसेको प्रदेशसभा बैठकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए ।

सांसद्हरुले पेश गरेको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत गरेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतीका लागि संसद्मा पेश गरेको थिए । सभामुख श्रेष्ठले स्वीकृतीका लागि प्रस्तुत गरेको सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।

नीति तथा कार्यक्रम स्वीकृत भएपछि सभामुख श्रेष्ठले प्रदेशसभा बैठक अर्को बैठक आगामी असार १ गते दिनको ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*