राजनीति/ समाज

अखिल क्रान्तिकारी मकवानपुरद्वारा रक्तदान कार्यक्रम

मकवानपुर । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी) मकवानपुरको आयोजना आज बिहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ महामारीको कठिन परिस्थितिका बावजुत पनि आज बिहान मकवानपुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रम...

मदन भण्डारी स्वास्थ्य विज्ञानको शैक्षिक कार्यक्रम भोलीदेखि, प्रधानमन्त्रीद्वारा सम्बोधन

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशले असार १४ गतेबाट आफ्नै शैक्षिक कार्यक्रम शुरु हुने भएको छ । स्व. मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर उक्त शैक्षिक कार्यक्रमको शुरु गर्ने भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईका अनुसार, उक्त शैक्षिक कार्यक्रमको...

कोरोनाबाट जिसस मकवानपुरकी सदस्य स्याङ्तानको निधन

मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य सानुकान्छी स्याङ्तानको निधन भएको छ । केही दिनअघि कोरोना पुष्टि भएकी उनको आज विहान साढे ४ बजेको समयमा राक्सिराङ गाउँपालिका–३, सरिखेतस्थित आफ्नै निवासमा निधन भएको हो । कोभिड–१९ संक्रमण भई राक्सिराङको चैनपुरस्थित आइसोलेसन वार्डमा उपचार गराइरहेकी उनलाई...

कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । उक्त बैठकमा पार्टीको १४ औं महाधिवेशन केन्द्रीत विषयवस्तुमाथि छलफल हुने बताइएको छ । केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन थालेको छ।...

प्रतिनिधिसभा पुनस्र्थापना हुन्छः उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन् । शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । उनले शेरबहादुर देउवा अबको प्रधानमन्त्री बन्ने पनि बताए । उनले भने, ‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ ।...

निर्वाचन नै अबको निकास होः गृहमन्त्री

मकवानपुर । गृह तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निर्वाचन नै अबको निकास भएको जिकिर गरेका छन् । मन्त्री पौडेलले शनिबार गृहजिल्ला रुपन्देहीको बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि...

बाढीपहिरो पीडितलाई बागमती प्रदेश सरकारको ५ करोड

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा बाढीपहिरोबाट प्रभाबित भएका पीडित परिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री र अस्थायी बसोबासको लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेशको सिन्धुपाल्चोक, चितवनलगायतका विभिन्न जिल्लाहरुमा आएको बाढीपहिरोबाट प्रभाबित भएका पीडित परिवारहरुलाई प्रदेश सरकारले राहत स्वरुप उक्त रकम छिट्टै उपलब्ध गराइने सरकारका प्रवक्ता...

बजेटले जनतालाई सम्बोधन गर्न सकेनः सांसद् पाण्डे

मकवानपुर । बागमती प्रदेशसभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारले बजेटबाट जनतालाई सम्बोधन गर्न नसकेको बताएका छन् । सांसद् पाण्डेले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रचारमुखि योजनाहरुलाई प्राथमिकतामा राखेको बताए । बागमती प्रदेश सरकारले प्रदेशका जनताको अपेक्षा अनुसारका कार्यक्रमहरु...

विपक्षी गठबन्धनद्वारा प्रदेश सभा बैठक बहिस्कार

रुपन्देही । लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । गत असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो । तर,...

हेटौंडा सामुदायिक आँखा अस्पताललाई मेसिन खरिद गर्न १० लाख हस्तान्तरण

मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पताललाई आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । आइतबार उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आँखा जाँच गर्ने मेसिन (स्लीपल्याण्ड) खरिद गर्नका लागि रु १० लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । उपमहानगरपालिकाले बार्षिक बजेटबाट अस्पताललाई सो रकम...