कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

तु खबर संवाददाता
२०७८ असार १३, आईतवार ०८:२८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।

उक्त बैठकमा पार्टीको १४ औं महाधिवेशन केन्द्रीत विषयवस्तुमाथि छलफल हुने बताइएको छ ।

केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन थालेको छ। क्रियाशील सदस्यतामा उजुरी परेकोले के–कसरी टुंग्याउने भन्नेबारे सभापति शेरबहादुर देउवाले छलफल गर्न शीर्ष नेताको बैठक राखेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*