कोरोनाबाट जिसस मकवानपुरकी सदस्य स्याङ्तानको निधन
मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य सानुकान्छी स्याङ्तानको निधन भएको छ ।
केही दिनअघि कोरोना पुष्टि भएकी उनको आज विहान साढे ४ बजेको समयमा राक्सिराङ गाउँपालिका–३, सरिखेतस्थित आफ्नै निवासमा निधन भएको हो ।
कोभिड–१९ संक्रमण भई राक्सिराङको चैनपुरस्थित आइसोलेसन वार्डमा उपचार गराइरहेकी उनलाई स्वास्थ्यमा समस्या आएपछि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । हेटौंडा अस्पतालमा पनि केही दिनको उपचारपछि स्वास्थ्यमा जटिलता भएसँगै थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।
केही दिन अघि नै कोभिड–१९ संक्रमणमुक्त भएकी उनको कोभिड कै कारण निमोनियाबाट गम्भीर रुपमा प्रभावित भई आज बिहान मृत्यु भएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।
उनका अनुसार, स्याङ्तान दमसम्बन्धी रोगबाट पीडित थिइन् ।
उनी नेकपा एमालेबाट राक्सिराङ गाउँपालिका–३ बाट वडा सदस्यमा निर्वाचित भएकी थिईन् ।
