प्रतिनिधिसभा पुनस्र्थापना हुन्छः उपेन्द्र यादव

तु खबर संवाददाता
२०७८ असार १२, शनिबार १८:४१
file-photo

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन् । शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

उनले शेरबहादुर देउवा अबको प्रधानमन्त्री बन्ने पनि बताए ।

उनले भने, ‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ । हामी यसमा ढुक्क छौं ।’

अध्यक्ष यादवले सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गरे ।

मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० जोड १ प्रदेशको अवधारणा ल्याउने भएपनि कुनै माग पूरा नभएको बताए ।

संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेशबाट ल्याइएको भन्दै उनले भने, ‘एकातिर अध्यादेश जारी गरे, अर्कोतर्फ आफ्नै मान्छे लगाएर खारेज गर्न लगाए ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*